बेलडाँडी,
संविधान दिवसको अवसरमा बेलडाँडी गाउँपालिकाले पनि सन्धाकालिन समयमा गाउँपालिकाको प्राङ्गणमा दिपप्रज्वलन गरेको छ ।
नेपाली जनताको बलिदान, त्याग र तपस्याको प्रतिफलस्वरुप लामो प्रतिक्षापछि नेपालमा लोकतान्त्रिक गणतान्त्रिक राज्यव्य वस्थासहितको संविधान जारी भएको आज सात बर्ष पुरा गरी आठौं बर्षमा प्रवेश गरेको अवसरमा पालिकाद्धारा दिपप्रज्वलन कार्यक्रम आयोजना गरिएको पालिका उपाध्यक्ष शान्ती नाथले जानकारी गराउनु भयो ।
०७२ सालको संविधान पहिलोपटक जनप्रतिनिधिमूलक संविधानसभाबाट संविधान बनेको हो । जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा ०७२ सालको संविधानले साकार बनाएको भन्दै दिपप्रज्वलन सहित खुसीका साथ मनाउने गरिएको छ ।
Discussion about this post