लालझाडी,
गत सनिवार दोदा नदीमा अाएको बाढीका कारण पीडित भएका वाढीपीडितलाई लालझाडी गाँउपालिकाले राहत वितरण शुरु गरेको छ ।
सोमबारदेखि गाँउपालिकाले पीडितलाई राहत वितरण शुरु गरेको हो । गाँउपालिका अध्यक्ष निर्मल राना राहत वितरणका लागि आफै पीडित बस्तीमा पुगेका छन ।
नेकपा एमाले लालझाडीका युवा नेता अमर सिह रानाले वाढी प्रभावित क्षेत्रमा स्वयम गाँउपालिका अध्यक्ष राना गएर पीडितलाई राहत वितरण गर्न लागेको बताए ।‘गाँउपालिका अध्यक्ष रानाले पीडित बस्तीकै घरमा पुगेर खाद्यान्न समाग्री वितरण गरिरहेका छन, ‘एमाले युवा नेता रानाले भने, ‘अब क्रमिक रुपमा सबै वडामा पुगेर राहत वितरण हुन्छ ।’
पहिलो दिन खाद्यान्न, लत्ता कपडा, भाँडाव्रतन वितरण गरिएको रानाले बताए । उनका अनुसार गाँउपालिका अध्यक्ष रानाले सबै पीडितलाई गाँउपालिकाबाट राहत वितरण गरिने बताउँदै धैर्यता गर्न आब्हान गरेका छन ।
Discussion about this post