आयरल्याण्ड वुल्भ्स र नेपाल ‘ए’ बीचको टी(२० सिरिजको अन्तिम खेल आज हुँदै

नेपालको ‘ए’ टिम र आयरल्याण्ड वुल्भ्सबीचको टी(२० सिरिजको अन्तिम खेल आज हुँदैछ।त्रिवि मैदानमा दिउँसो १ बजेदेखि खेल सुरू हुनेछ।

नेपालले एक खेल बाँकी छँदै सिरिज गुमाइसकेको छ।

आजको खेलमा जितेर क्लीन स्विप हुनबाट जोगिने प्रयासमा नेपाल हुनेछ।आयरल्याण्ड वुल्भ्सविरूद्ध शनिबार नेपाल ४० रनले पराजित भएको थियो।भने त्यसअघि पहिलो खेलमा २१ रनले पराजित भएको थियो।नेपालले पहिलो खेलमा २२३ र दोस्रो खेलमा २२५ रनको लक्ष्य पाएको थियो।

पहिलो खेलमा लोकेश बमले शतक हानेका थिए।नेपाली टिममा ‘ए’मा कप्तान विनोद भण्डारीसँगै लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री छन्।

टी(२० सिरिजपछि पर्सीदेखि आयरल्याण्डको यही टिमसँग नेपालले एकदिवसीय सिरिजि खेल्नेछ।एकदिवसीय टोलीमा भण्डारीसहित अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल सिंह ऐरी, शाहब आलम, रन्जित कुमार, रूपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित