सुनको मूल्य अाज सोमबार  तोलामा १ हजार ६ सय रुपैया ले बढ्यो

2
VIEWS

काठमाडौं :

आइतबार स्थिर रहेको सुनको भाउ सोमबार फेरि तोलामा १ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।

जुन मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय रुपैयाँ बढी हो भने हालसम्मकै उच्च पनि हो ।अघिल्लो दिन तोलाको १ लाख ३० हजार रुपैयाँमा सुन कारोबार भएको थियो । विगत केही महिनादेखि नैसुन र चाँदीको भाउ उकालो लागेको छ ।

चाँदी सोमबार प्रतितोला १० रुपैयाँ बढेर १ हजार ५३५ रुपैयाँ पुगेको छ ।अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले बढ्दो लय समातेपछि नेपाली बजारमा पनि मूल्यले एकपछि अर्को उचाइ लिएको छ । सुनको मूल्य उतारचढावमा नेपालको खास भूमिका रहन्न ।

 

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार