बेलडाँडी खुल्ला फुटबलको फाइनलमा सिद्धार्थ र हिमसागर

829
VIEWS

कालिका मन्दिर समितिको अायोजनामा सञ्चालित खुल्ला पुरुष फुटबल प्रतियोगिताको फाइनलमा सिद्धार्थ युवा क्लब र हिमसागर युवा क्लब पुगेका छन् ।

बेलडाँडी गाउँपालिका वडा न.२ अवस्थित कालिका मन्दिर समिति द्धारा आयोजना गरिएको खुल्ला पुरुष फुटबल प्रतियोगिता -२०७९ को फाइनलमा एकै वडाका दुबै टिम पुगेका छन् । सिद्धार्थ युवा क्लब बेलडाँडी वडा न.५ झिलमिला र हिमसागर युवा क्लब झिलमिला पुगेका हुन।

आइतबार रौलेश्वर माध्यमिक विद्यालको खेलमैदान भएका दुई सेमिफाइनल खेलमा पहिलो खेल सिद्धार्थ युवा क्लब बेलडाँडी गाउँपालिका वडा नम्बर -५ र प्रगति एकता समाज बेलडाँडी गाउँपालिका वडा नम्बर -१ बिच भएको खेलमा २-० गोलको अन्तरले प्रगति एकता समाज लाई हराउदै फाइनलको यात्रा तय गरेको हो।
दोस्रो सेमिफाइनल खेल हिमसागार युवा क्लब बेलडाँडी वडा नम्बर -५ झिलमिला र एम्बिसन युवा क्लब बेलडाँडी वडा नम्बर -४ बैबाहा बिच भएको खेलमा २-०गोलको अन्तरले हराउदै हिमसागर फाइनल पुगेको हो।

प्रतियोगिताको फाइनल खेल असोज १८ गते बिहान १०:०० बजे रौलेश्वर माध्यमिक विद्यालयको खेलमैदान सञ्चालन हुने आयोजक कालिका मन्दिर समितिले जनाएको छ।

प्रतियोगितामा १९ वटा टिमको सहभागिता रहेको थियो । खेल नक आउट आधारमा संचालन गरिएको हो। प्रतियोगिताको विजेताले ५१ हजार एक ट्रफी ,प्रमाणपत्र ,मेडल ,उपविजेता हुने टिमले २५ हजार एक सय ट्रफी ,प्रमाणपत्र , मेडल हात पार्ने छ। भने उत्कृष्ट डिफेन्स ,गोलरक्षक र प्रतियोगिता सर्वाधिक गोल कर्ता समेत पुरस्कार पाउने छन् । 

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार