विकास सिह महता/बेलडाँडी
बेलडाँडी खुला फुटबल प्रतियोगिताको उपाधी हिमसागर युवा क्लबले चुमेको छ । प्रमुख विजेतका लागि प्रतिस्पर्धी प्रगती एकता समाजलाई हराउँदै उपाधी चुमेको हो ।
घटस्थापनादेखि कालिका मन्दिर समितिले संचालन गरेको खुला फुटबल प्रतियोगितामा हिमसागरले प्रगति एकता समाजलाई १का बिरुद्ध २ गोलले पराजित गर्दै बेलडाँडी फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।
हिमसागरकै उत्कृष्ठ गोल रक्षक दिनेश जोशी र उत्कृष्ठ खेलाडी आकास तामाङ्गलाई समेत पुरस्कार प्रदान गरिएको छ । मंगलबार एक कार्यक्रमका विच विजेता हिमसागर र उपविजेता प्रगति एकता समाजलाई पुरस्कार वितरण गरिएको थियो ।
विजेता हिमसागरलाई ५१ हजार १ सय, उपविजेता प्रगति एकता समाजलाई २५ हजार, १ सय नगदका साथै ट्रफि, प्रमाण पत्र वितरण गरिएको अायोजकले जनाएको छ ।
फाइनलका लागि सिद्धार्थले प्रगतीलाई हराउदै अाफ्नो बाटो तय गरिसक्दा नामै नभएका खेलाडी फिल्डमा खेल्ने तयारीका साथ गएको फोटो सार्वजनिक भएपछि प्रगति युवा क्लबले अायोजकमा उजुरी गर्दा अायोजकको निर्णयले सिद्धार्थलाई बाहिर गर्दा प्रगतीले फाइनल खेल्ने माैका पाइएको जनाईएको छ ।
हरेक बर्ष दशैंका बेला बेलडाँडी गाँउपालिका २ रौलेश्वर माविको प्राङगणमा फुटबल प्रतियोगिताले खेलकुद क्षेत्रको पहिचान बनाएको छ ।
कालिका मन्दिर समितिका सचिव बीर बहादुर बडुवालले हरेक बर्षको निरन्तरताका साथै खेलकुद विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए । फुटबल प्रतियोगिताका प्रमुख अतिथि बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले प्रतियोगिताबाट यस क्षेत्रको खेलकुद विकासमा अपेक्षा राख्दै गाँउपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
बिशिष्ठ अथिति गाँउपालिका उपप्रमुख शान्ति नाथले खेल क्षेत्रको विकास गर्नका लागि आफ्ना तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । कालिका मन्दिर समितिका अध्यक्ष श्याम बहादुर बडुवालको अध्यक्षमा भएको कार्यक्रममा जनप्रतिनिधी सहितको सहभागिता रहेको थियो । बेलडाँडी गाँउपालिका २ कालिका मन्दिर छेउमै रहेको रौलेश्वर माविको प्राङगणमा सधै बर्ष फुटबल प्रतियोगिताले बेलडाँडीमा एकातिर खेलकुद र अर्कातिर धर्म संस्कृतिले निरन्तरता पाएको छ ।
Discussion about this post