कृष्णपुर २ का भलमन्सालाई भत्ता वितरण

कञ्चनपुर, १८ साउन । कञ्चनपुरको एक वडा कार्यालयले भलमन्सालाई भत्ता वितरण गरेको छ । कृष्णपुर नगरपालिका २ नम्बर वडाले भलमन्सालाई भत्ता वितरण गरेको हो ।

कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन सिह साउदले वडामा समाजिक काम गरेको भन्दै वडाका भलमन्सालाई भत्ता वितरण गरिएको बताए ।
वडाभरीका १५ टोलका १५ भलन्साहरुको समाजिक विकास योगदानको कदर गर्दै मासिक ५ सय रुपैयाका दरले भत्ता वितरण गरिएको बताए ।

‘मैले चुनावका बेला लामो समयदेखि समाजमा समान्य वाद विवाद निरुपण गरेर मेलमिलाप गर्दै आएका भलमन्सालाई सञ्चार खर्च दिने घोषणा गरेका थिए, ‘उनले भने, ‘चुनावी प्रतिबद्धता अनुरुप वडा कार्यालयबाट मासिक ५ सय रुपैयाका दरले एकबर्षको एकमुष्ट १२ हजार रुपैया वितरण गरेका छौँ ।’ यस अघि पनि विभिन्न तालिमदेखि भलमन्सालाई समाग्री वितरण गरिएको बताए ।
पहिलो पटक वडाबाट भत्ता पाएपछि भलमन्साहरु हर्षित भएका छन । कृष्णपुर नगरपालिका २ भलमन्सा समाजका वडाध्यक्ष अम्मर चौधरीले पहिलो पटक वडा कार्यालयबाट भलमन्साहरुले भत्ता पाएको बताए ।

भलमन्सा समाजका अध्यक्ष चौधरीले समाजमा आईपर्ने समान्य वाद विवाद निरुपणका लागि बडघर भलमन्सालाई संचार गर्नका लागि सहज हुने बताए । थारु समुदायमा भलमन्सा चुनेर गाँउमा उत्पन्न हुने समान्य प्रकृतिका वाद विवाद निरुपण गर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित