दोधारा । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका २ की २६ बर्षिया हिरा कुमारी शाह बाघको आक्रमण परी घटना स्थलमै अस्ताइन भने उनको २ बर्षिय दुधे बालकको विचल्ली भएको छ ।
हिजो बिहानै देखि दुधे बालक आमा खोजेर रोइरहेका छ। जेठानीले अबोध ती बालकलाई कहिले केही, कहिले केही भनेर भुलाउने प्रयास त गरेकीछिन तर हिजो देखि आमा नभेटिएपछि ती बालक रोइरहेका छन् ।
तीन वर्षअघि गोविन्दसँग बिवाह बन्धनमा बाधिएकी हिराको घर नजिकैको खेतमा विहिवार गोडमेलसँगै गाईबस्तुलाई आहारा जुटाउने क्रममा पछाडीबाट आएको नरभक्षी बाघले हिराको घाटीमा समातेर घिसार्दै उखुबारी भित्र लैजान्छ र उनको घटना स्थलमै मृत्यु हुन्छ । उनको मृत्युमा पुरै गाउँ शोकमा डुबेको छ । उता हिराका श्रीमान रोजगारको निम्ति बुवाको बार्षिकी सकेर २ महिना अघि मात्र भारत तीर गएका थिए । उनलाई घरको दुखान्त खबर हुदा उनी वियोगहुदै घर आउनलागेको खबर छ ।
जेठानी र उनका छोराछोरीले विभिन्न कुरा गरेर बालकलाई भुल्याउने कोसिस गरिरहेका छन् तर ती दुधेबालक कसरी भुलिउन ।
Discussion about this post