मालिकाजुर्न गाँउपालिका दार्चुलाका लेखा प्रमुख विष्टद्वारा जन्मदिनको अवसरमा बेसाहरा जेष्ठ नागरिकलाई खाद्यान्न

कञ्चनपुर, साउन २२ । दार्चुलाको मालिकार्जुन गाँउपालिका (लेखापाल) लेखा प्रमुख पुष्कर सिह विष्टले जन्मदिनको अवसरमा बेसाहरा जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेका छन ।

मालिकार्जुन गाँउपालिका (लेखापाल) लेखा प्रमुख विष्टले जन्मदिनको अवसरमा कञ्चनपुरका बेसाहरा जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेका हुन ।
लेखा प्रमुख विष्टले बुधबार बेदकोट नगरपालिका ८ रौटेलामा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा बस्दै आएका बेसाहरा जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेका छन ।

लेखा प्रमुख विष्ट आफु दार्चुला कार्यक्षेत्रमा रहेका बेला कञ्चनपुर महेन्द्रनगरमा रहेका आमाबाबु(गजी विष्ट, मोतीदेवी विष्ट) र आफन्त ईन्द्र सिह साउद मार्फत बृद्धआश्रममा खाद्यान्न वितरण गर्न लगाएका छन ।
लेखा प्रमुख विष्टले बृद्धआश्रममा चामल, दाल, तेल, नुन जेरी, दही सहित फलफुल सहयोग गरेका हुन ।

लेखा प्रमुख विष्टले हरेक बर्ष आफ्नो जन्मदिनका अवसरमा कहिले अनाथ, बालबालिका कहिले बेसाहरा जेष्ठ नागरिकलाई यसरी सहयोग गर्दै आएका छन । लेखा प्रमुख विष्टले आगामी दिनसम्म निरन्तर जन्मदिनमा समाजसेवा गर्दै जाने बताएका छन ।

सरकारी कर्मचारी विष्टले आफ्नो खुसियालीमा रहेक बर्ष जन्मदिनमा फजुल खर्च भन्दा समाजमा रहेका बेसाहारा नागरिकलाई सहयोग गर्दै आएपछि उनको प्रसंसा भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित