नुवाकोटको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना

नुवाकोटको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएकाे छ। रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ ।

बुधबार दिउँसो हेलिकप्टर दुर्घटनामा परेको हो। नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गरे ।

उनका अनुसार हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी रहेको छ ।हेलिकप्टर दुर्घटनामा ४ जनाकाे मृत्यु भएकाे बताइएकाे छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित