दोधाराचाँदनी नगपालिका ४ का वडाअध्यक्षद्धारा दुबैहात जलेका दैउराली घाटका विकलाई आर्थिक सहयोग

धन सिंह धामी,महेन्द्रनगर ०६, भदौ । दोधारा चाँदनी नगरपालिका–८ दैउराली घाटका नर बहादुर विकलाई सोहि नगरका वडा अध्यक्षले आर्थिक उपचार खर्च दिएका छन । बिहीबार महाकाली प्रदेशिक अस्पतालमा उपचार गराई रहेका विकलाई दोधाराचाँदनी नगरपालिका–४ का अध्यक्ष भक्त बहादुर सुनारले अस्पताल मै आएर पिडित विक बचाउ अभियानबाट संकलन भएको रकम हस्तान्तरण गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका विक रोजगारीको लागि भारतको रानीखेत कालापहाडीमा काम गर्दै आएका थिए । उनको २०८० माघ १५ गते खाना पकाउने क्रममा अचानक मिर्गी रोगले आगोमा परी दुवै हात लगायत शरीरको विभिन्न भाग जलेको थियो । आर्थिक अवस्था कमजोर भएका विकले भारतमा उपचार गर्दा रु. २ लाख ४० हजार जति खर्च भएको

विककी धर्म पत्नि बालकुमारीले बताईन् । भारतमा उपचार गराउदा धेरै खर्च लाग्ने र दुवै हात काटनु पर्ने बताए पछि उनलाई उपचारको लागि भाद्र ७ गते महाकाली प्रदेशिक अस्पताल ल्याइयो। जलेर हड्डी खिएको हुनाले उनको दुवै हात काट्नु पर्ने भएको छ । अहिले एक हात काटिएर उपचार भईरहेको छ भने केही दिनमा अर्को हात पनि काट्नु पर्ने उपचारमा खटिएका डा. प्रयास न्यौपानेले बताए ।

दोधारा ४ का मनकारी अध्यक्ष भक्त बहादुर सुनारको सामाजिक सेवा भाव र ईमान्दारी साथ काम गरेको हुनाले उनलाई वडा अध्यक्षमा स्थानियले दोहराएका छन् । आफ्नो व्यक्तिगत तर्फ बाट रु. पाँच हजार सहयोग गरेका सुनारले समाजिक सञ्जालमा सहयोग मागी रु १० हजार ४ सय ५० सहयोग गरेका छन् अफ्ठयारो परेमा आफुलाई फोन गर्न भन्दै अझै सहयोग गर्ने अध्यक्ष सुनारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित