धन सिंह धामी,महेन्द्रनगर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले सराहनीय कार्यको गर्दै आएको छ । अस्पताल अध्यक्ष कृष्णानन्द भट्टको नेतृत्वमा परिचर देखि डाक्टर सम्मका कर्मचारीहरुले प्रतेक बिहीबार बेलुका ३ बजे देखि ५ बजेसम्म अस्पताल परिसर भित्र सरसफाई गर्ने गरेको देखिन्छ ।
बेलुकी बिरामीहरुको चाप कम हुने र खाली समयमा अस्पतालका कर्मचारीहरुले आफु खुसी सरसफाई अभियानमा जुट्ने गरेको अध्यक्ष भट्टले बताएका छन । आफुले काम गर्ने कार्यालय सफा र स्वच्छ हुनुपर्छ भन्दै सम्पुर्ण कर्मचारी यस अभियानमा जोडिन आतुर हुने गरेको अध्यक्ष भट्टको भनाई रहेको छ ।
प्रत्येक हप्ताको बिहिबार सबै सदस्यहरुले यस किसिमको समाजिक कार्यमा सहभागी हुने र आफुहरुको यस्तो किसीमको अभियानले अन्य कार्यालयहरुमा पनि सकारात्मक सन्देश स्वरुप सराहनीय कार्यको थालनि हुनुपर्दछ भन्ने अध्यक्ष भट्टको धारणा रहेको छ ।
Discussion about this post