जिल्लाकै प्रख्यात गौरा हुने बेलडाँडी गौरा देवी महेश्वरी मन्दिरमा देउडा कार्यक्रम पनि हुने

केशव थापा,कञ्चनपुर, भदौँ ९ । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा गौरा हुने प्रख्यात गौरा मेला हुने स्थानमा देउडा कार्यक्तम पनि हुने भएको छ । बेलडाँडी गाँउपालिका १ गौरा देवी महेश्वरी मन्दिर परिसरमै देउडा कार्यक्रम हुने भएको हो । विगतका बर्षहरु जस्तै यस बर्षपनि महेश्वर मन्दिर समितिले देउडा कार्यक्तम गर्न लागेको जनाएकोछ ।

गौरा देवी महेश्वरी मन्दिर समितिका सचिव प्रेम कार्कीले ११भदौँदेखि देउडा कार्यक्तम हुने भएको छ । सचिव कार्कीका अनुसार सुदूरको मौलिक लोक देउडा खेलको सरक्षणका लागि देउडा कार्यक्रम गरिएको बताए । अहिले पनि गौरा महेश्वर मन्दिर क्षेत्रमै अल स्टार युवा क्बले फुटबल प्रतियोगिता आयोजना गरेको छ ।

गौरा महेश्वर मन्दिर समितिका अध्यक्ष बीरदेव भट्टले विगतका बर्षहरु जस्तै यस बर्ष ०८१मा पनि भव्य रुपमा गौरा पर्व मनाईने बताए । बेलडाँडी १ लल्लरेडाँडामा जिल्लाकै प्रख्यात रुपमा गौरा पर्व लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित