बेलडाँडी, ९ भाद्र । बेलडाँडी गाउँपालिका वडा नं.२ चवन्नी बजारमा रहेको सिद्धनाथ बैजनाथ मन्दिर नेपाली सेना, बेलडाँडी प्रहरी, चवन्नी बजारका ब्यापारीहरुले सरसफाई गरेका छन् ।
कृष्ण जन्माष्टिमी र सुदूरपश्चिमेलीहरुको गौरा पर्वको पूर्व संध्यामा मन्दिरमा सयुक्तरुपमा बृहत सरसफाई गरिएको चवन्नी बजार व्यवस्थापन समितिका अध्यक्ष ललित खत्रीले जानकारी गराउनु भयो । उहाँका अनुसार चवन्नी बजारको मुटुमा रहेको उक्त मन्दिरमा गौरा पर्वको अवसरमा भक्तजनहरुको भीडलाई मध्यनजर गर्दै सरसफाई गरिएको जनाए ।
प्रत्येक बर्ष गौरा पर्वको अवसरमा मन्दिर व्यवस्थापन समिति र बजार व्यवस्थापन समितिले पर्वको पूर्व सँध्यामा सरसफाई गर्दै आएको हो । सो क्रममा नेपाली सेना क्याम्प स्थित मेजर प्रेम बोगटीको टोली, बेलडाँडी इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक कृष्ण कुँवरको टोली, बजार व्यवस्थापन समिति, मन्दिर समिति लगायत स्थानीयको सहभागिता रहेको थियो ।
Discussion about this post