बेलडाँडी खेलकुद समितिको अध्यक्षमा डम्मर बहादुर सुनार चयन

बेलडाँडी, ९ भाद्र । कञ्चनपुरको दक्षिण क्षेत्र बेलडाँडी गाउँपालिका अन्तर्गत बेलडाँडी खेलकुद समितिको अध्यक्षमा डम्मर बहादुर सुनार चयन भएका छन् ।

कञ्चनपुर जिल्ला खेलकुद समितिको आज बसेको बैठकले सुनारलाई अध्यक्षमा नियुक्त गरेको हो । सुदूर पश्चिम प्रदेश खेलकुद नियमावली २०७७ को परिच्छेद ३ (७ ग) मा व्यवस्था भए अनुशार कञ्चनपुर जिल्ला खेलकुद समितिको मिति २०८१।०५।०९ गते को निर्णय अनुशार डम्बरलाई बेलडाँडी गा.पा. को गाउँ खेलकुद समितिको अध्यक्ष पदमा ४ (चार) वर्ष का लागी मनोनित गरिएको व्यहोरा जानकारी गराइएको छ ।

अतः प्रचलित ऐन नियम र कानुनको अधिनमा रही तोकिएको जिम्मेबारी सम्पादन गर्न यहाँको महत्वपुर्ण योगदान रहने विश्वास समेत राख्दै समितिले बधाई ज्ञापन गरेको छ । पालिका खेलकुद समितिको अध्यक्षमा सुनारले नियुक्ति पाएपछि बेलडाँडी गाउँपालिकाले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

समितिका निवर्तमान अध्यक्ष नारायण ठगुन्नाले स्वेच्छिक रुपमा राजिनामा दिनुभएपछि समितिको अध्यक्ष पद रिक्त रहेको थियो । समितिको अध्यक्ष पद रिक्त भएपछि गाउँपालिकाले जिल्ला खेलकुद समितिमा डम्बरको नाम सिफारिस गरिपठाएका थिए । नवनियुक्त अध्यक्ष सुनारलाई समितिका अध्यक्ष कुवेर खड्काले नियुक्ती पत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित