बेलडाँडी । पछिल्लो केही दिनयता पुनर्वास नगरपालिका–९ मा घटेको एक घटनाले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ । घटनासँगै यस विषयमा विभिन्न कोणबाट बहस र परिप्रेक्ष्य व्यक्त भइरहेका छन् । पुनर्वासका सचेत युवा हिमेश थापाले यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै न्यायिक प्रक्रिया निष्पक्ष हुनुपर्ने बताएका छन् ।
थापाका अनुसार, कानून सबैका लागि समान हुनुपर्छ र सबैले पालना गर्नुपर्छ । केही दिनअघि पुनर्वास–९ मा नगरपालिका मेयर सवार गाडी राति निवासतर्फ जाँदै गर्दा स्थानीय नागरिक हरि बहादुर बोहराले गाडी रोकेर मेयरलाई सोधपुछ गरेका थिए । सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
थापाले हरि बोहराले मेयर तोय प्रशासद शर्मालाई सोधिएको प्रश्न जायज भए पनि त्यसका लागि रोजिएको समय र स्थान उपयुक्त नभएको बताएका छन् । “रातको समयमा यसरी कसैलाई रोक्दा सुरक्षाका दृष्टिकोणले चुनौतीपूर्ण हुन सक्छ । कानूनी प्रक्रिया अगाडि बढाउनुपर्छ, तर त्यसकै नाममा कसैको जीवन नै बर्बाद गर्ने गरी किटानी जाहेरी दिएर कारबाही गर्नु तत्काल उचित जस्तो लाग्दैन,” थापाले भने ।
उनका अनुसार, यदि हरेक विषयमा यस्तै प्रकारको जाहेरी दिने र युवाहरूलाई अदालत धाउन बाध्य पार्ने हो भने, समाजमा सत्य बोल्ने, प्रश्न उठाउने अभ्यास नै कमजोर हुन सक्छ । “जनप्रतिनिधि मात्र होइन, कोही पनि चोखो छैन् ।“ थापाले कानूनी राज्यको अभ्यास सबैका लागि समान हुनुपर्ने र जनप्रतिनिधिहरू पनि प्रश्नबाट मुक्त हुन नहुने उल्लेख गरे ।
“यदि कानूनी प्रक्रियामा लागेर नै सबैलाई हात धोएर लाग्ने हो भने, भ्रष्टाचार उजागर गर्ने कार्य मात्र होइन, ती भ्रष्टाचारीहरूलाई नाङ्गै पार्न पनि सकिन्छ । चोखो कोही छैन, चाहे जनप्रतिनिधि हुन् वा कर्मचारी । त्यसैले तिललाई पहाड नबनाऔं,” थापाले भने ।
थापाका अनुसार, हरि बोहराले प्रश्न उठाउनु गलत थिएन, तर त्यसका लागि नगर कार्यालयमा वा औपचारिक भेटघाटको अवसर खोजेको भए अझ राम्रो हुने थियो । “सडकमा रातको समयमा गरिएको प्रश्नले शंका र विवाद जन्माएको हुन सक्छ । तर, त्यही आधारमा उनमाथि मुद्दा चलाउनु अन्याय हुन सक्छ ।,” उहाँले बताए ।
उनले घटनाको वस्तुगत मूल्यांकन गर्दै, स्थानीय प्रशासन र सरोकारवालाहरूले सन्तुलित ढंगले समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।
मिति २०८१ फागुन २ गते शुक्रबार राति करिब ८ बजेको समयमा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा आफ्नो घर फर्कने क्रममा पुनर्वास नगरपालिका वडा नम्बर ९ बस्ने हरि बहादुर बोहराले नगर प्रमुख सवार गाडी रोकेर अभद्र व्यवहार गरेको भन्दै प्रमुख शर्माले प्रहरीमा जोहरी दिएका थिए । भने यता पालिका र कर्मचारीले प्रमुख माथी अभद्र व्यवहार भएको भन्दै कार्वाहीका लागि विज्ञप्ती निकालेका थिए । यता युवाहरुले नगर जनप्रतिनिधी, कर्मचारीहरुको विरोध गरिरहेका छन् । यस घटनाले पुनर्वास तंरगित भएको छ ।























Discussion about this post