कञ्चनपुर, ७ फागुन – कञ्चनपुरको लालझाडीमा एक जंगली हात्ती मृत फेला परेको छ। बुधबार बिहान ७ बजेतिर, लालझाडी गाउँपालिका ४ जाई गाउँको सडक किनारमा हात्ती मृत अवस्थामा भेटिएको हो।
स्थानीयले यस घटनाबारे प्रहरी र वन विभागलाई खबर गरेका थिए। डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामबिहारी चौधरीले हात्तीको मृत्युको कारण पत्ता लगाउन प्राविधिक टोली सहित घटनास्थल जान लागेको जानकारी दिए।
गएको असोज महिनादेखि जंगली हात्तीले लालझाडी क्षेत्रमा मानिस, भौतिक संरचना र अन्नबालीमा क्षति पुर्याउन थालेपछि स्थानीय समुदाय त्रसित थिए। आज बिहानै हात्तीको मृत शरीर फेला परेकोले त्यहाँका स्थानीय अझै बढी त्रस्त भएका छन्।
Discussion about this post