बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन हुने

बैतडी । बैतडीको पुर्चौंडीमा वैशाख पहिलो साता विशेषज्ञ सेवासहित निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

पुर्चौंडी नगरपालिकाको आयोजना तथा बैतडी समाज कैलालीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिने भएको हो। बैतडी समाज कैलालीले प्रत्येक वर्ष निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ, र यसपालि पुर्चौंडीमा शिविर सञ्चालनको तयारी भएको बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले जानकारी दिएका छन्।

पुर्चौंडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीका अनुसार वैशाख ५ देखि ७ गतेसम्म सञ्चालन हुने शिविरमा नगरबासीहरूलाई विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य सेवा प्रदान गरिनेछ। नगरबासीलाई उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो शिविर आयोजना गर्न लागिएको उनले बताए।

शिविर सञ्चालनका लागि पुर्चौंडी नगरपालिका र बैतडी समाज कैलालीबीच सम्झौता भइसकेको छ। शिविरमा सबै प्रकारका रोगहरूको निदान तथा उपचारका लागि विशेषज्ञ चिकित्सकहरूले सेवा दिने व्यवस्था मिलाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित