पूर्वराजा शाहको गोरखा भ्रमणः ‘कसैले डराउन पर्दैन, देशमा शान्ति चाहिन्छ’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजा अर्चना गरेका छन् । पूजापछि पूर्वराजा शाहले देशमा शान्ति, विकास, सुख र समृद्धिको कामना गर्दै सबैलाई भलो चिताउन आग्रह गरे ।

उनले भने,कसैले कसैको कुभलो नचिताओस्, भलो चिताओस्। कसैले केही गर्नलाई डराउन पर्दैन। देशको शान्ति कायमै होस्, देशमा विकास होस्।

पूर्वराजाले लामो समयपछि आफ्नो पूर्खाको थलो गोरखा आउँदा खुसी लागेको बताए । गोरखा दरबारमा उनलाई स्थानीयहरूले भव्य स्वागत गरेका थिए । उनका समर्थकहरूले राजतन्त्रको पक्षमा नाराबाजी समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित