कञ्चनपुर, चैत्र १० – नेपाली पत्रकार मोहन विष्टले ऐतिहासिक नालापानी किल्लामा पुगेर वीर गोरखालीको साहस र बलिदानको चर्चा गर्दै राष्ट्रिय भावना जागृत गराएका छन् ।
कञ्चनपुर उद्योग वाणिज्य संघले वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा देहरादुनमा आयोजना गरिएको अन्तर्राष्ट्रिय व्यापार पर्यटन महोत्सवको समाचार संकलनका क्रममा शुक्रबार देहरादुन पुगेका पत्रकार विष्टले नालापानी किल्लाको भ्रमण गरेका हुन् ।
नालापानी किल्लामा वीर बलभद्र कुँवर थापाको योगदानलाई स्मरण गर्दै उनले वीर गोरखालीहरूको साहसपूर्ण संघर्षको महत्त्व उल्लेख गरे । “यो धर्ती वीरताको इतिहास बोकेर बसेको छ । बलभद्र कुँवरको नेतृत्वमा यहीँबाट गोरखाली सेनाले अंग्रेजसँग अन्तिमसम्म लडाइँ लडे,“ उनले भने, “हामीले इतिहास बिर्सनु हुँदैन, वीरताको सम्मान गर्नुपर्छ ।“
उनले नेपालीहरूमा राष्ट्रिय पहिचान बलियो बनाउन वीरगाथाका कथाहरू आमजनतासम्म पु¥याउन आवश्यक रहेको बताए । “हाम्रा वीर पुर्खाहरूले ज्यानको बाजी लगाएर रक्षा गरेको देशलाई हामीले जोगाउन सक्नुपर्छ,“ उनले थपे ।
लामो समयदेखि पत्रकारितामा सक्रिय विष्ट राजनीतिक शास्त्रका विद्यार्थी समेत हुन् । पत्रकारितामा उनको कलमले समाजमा सकारात्मक परिवर्तन ल्याएको विश्वास गरिएको छ । हाल उनी नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका कोषाध्यक्षका रूपमा कार्यरत छन् ।
विष्टले आफ्नो पत्रकारिता यात्रामा उल्लेखनीय योगदान पु¥याउँदै पत्रकारिता लेखन वृद्धिपुरस्कार कयौं पटक प्राप्त गरिसकेका छन् । उनका रिपोर्टहरू सामाजिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
नालापानी नेपाल–अंग्रेज युद्ध (१८१४–१८१६) को ऐतिहासिक युद्धस्थल हो, जहाँ बलभद्र कुँवर थापाको नेतृत्वमा गोरखाली सेनाले सीमित स्रोतसाधनका बाबजुद पनि अंग्रेज फौजसँग वीरतापूर्वक प्रतिरोध गरेका थिए । भारतले आज पनि नालापानीलाई गोर्खाली वीरताको प्रतीकका रूपमा सम्मान गर्दै आएको छ ।
भिडियो :
Discussion about this post