दोस्रो दम्माम भेट्रान गोल्डकप सम्पन्न, युनाइटेड एफसीलाई उपाधि

साउदी अरब : साउदी अरबको पूर्वी क्षेत्र दमाममा इदको अवसरमा आयोजित दोस्रो दम्माम भेट्रान गोल्डकप प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ।

दोस्रो दम्माम भेट्रान गोल्डकप २०२५ को उपाधि युनाइटेड फुटबल क्लबले जितेको छ । फाइनल खेलमा समरानी फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै युनाइटेडले दोस्रो भेट्रान गोल्डकपको उपाधि जितेको हो ।

विजेता युनाइटेडले ७ हजार साउदी रियाल नगद, प्रमाणपत्र, मेडल र शिल्ड प्राप्त गर्‍यो भने उपविजेता समरानीले ४ हजार साउदी रियाल नगद, प्रमाणपत्र, मेडल र शिल्ड प्राप्त गर्‍यो । प्रतियोगितामा उत्कृष्ट गोलकिपर उज्ज्वल घिमिरे, उत्कृष्ट डिफेन्डर विशाल पुन, उत्कृष्ट मिडफिल्डर सन्दिप राई र एमभीपी योञ्जन हमाल घोषित भए ।
दम्माम भेट्रान क्लबद्वारा आयोजित प्रतियोगितामा १६ टिमको सहभागिता थियो । क्लबका अध्यक्ष पदम बहादुर महतका अनुसार प्रतियोगिता सहज वातावरणमा सम्पन्न भएको छ। प्रतियोगिता सम्पन्न गर्न साथ सहयोग गर्ने र प्रतियोगिताका उनले प्रायोजक, आयोजक टोली, सहभागी क्लब, खेलाडी र दर्शकहरूलाई अध्यक्ष महतले धन्यवाद समेत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित