काठमाडौ : नेपालमा पहिलो पटक आयोजना भएको एम्पुटी रनवे नेपाल २०२५ (र्याम्प प्रदर्शन) एक कार्यक्रमका बिच फुटबल प्रशिक्षक चक्र बहादुर तामाङ सम्मानित भएका छन्।
मंगलबार काठमाडौ स्थित हातिसारमा निर्मला फाउन्डेसनको आयोजनामा ग्रीन आर्ट्स नेपालको समन्वय सहयोगमामा नेपालमा नै पहिलो पटक एम्पुटी रनवे नेपाल- २०२५ भएको थियो। उक्त कार्यक्रममा निर्मला फाउन्डेसनले सम्मान गरेको हो।
यो माया प्रदान गर्नु भएकोमा प्रशिक्षक तामाङले आयोजक टिमलाई धन्यवाद समेत दिएका छन्। उनले भने, आगामी दिनमा पनि यस्तै साथ सहयोग रहिरहोस्, निरन्तर नेपाली एम्पुटी फुटबल लाई विश्वसामु चिनाउन निरन्तर सक्दो प्रयास गर्ने छु। प्रशिक्षक तामाङले बताए।
नेपालको एम्पुटी राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक समेत रहेका तामाङ नेपाल फुटबलका विभिन्न उमेर समुहको टिम समेत हेर्ने गर्नी हुन्छ। उनिनेपाल आर्मी टिमको समेत प्रशिक्षक हुन।उनी लगायत अपाङ्गताका विभिन्न क्षेत्रमा योगदान पुगाउने अन्य व्यक्तित्वहरु लाई समेत सम्मान गरिएको आयोजकले बताएको छ।
Discussion about this post