बैङ्कक – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन बैङ्कक पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले म्यान्मारका प्रधानमन्त्री मिन आङ हलिङसँग भेटवार्ता गरेका छन्।
बैङ्ककमा भएको ‘साइडलाइन’ भेटवार्तामा दुई देशबीचको द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत उच्च अधिकारीहरूको उपस्थिति थियो।
Discussion about this post