तीनकुने घट ना : जानकारी लिन गृहमन्त्री लेखकलाई बोलाउने संसदीय समितिको निर्णय

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले तीनकुने घटनाबारे स्पष्टिकरण लिन गृहमन्त्री रमेश लेखकलाई बोलाउने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले चैत १५ गते राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको घटनाबारे जानकारी लिन गृहमन्त्री लेखकलाई एक साताभित्र समितिमा उपस्थित हुन आग्रह गर्ने निर्णय गरेको हो।

समितिकी सभापति विमला सुवेदीले घटनाको वस्तुस्थिति बुझ्न गृह प्रशासनको धारणा आवश्यक भएकाले गृहमन्त्रीलाई बोलाउने निर्णय गरिएको बताइन्।

यसैबीच, बैठकले “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०“ सम्बन्धी समितिको मस्यौदा प्रतिवेदनलाई सामान्य संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित