कञ्चनपुर-कञ्चनपुरका निर्वाचन क्षेत्र नम्बर २ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई सहिद परिवारले आर्शिवाद दिएका छन । मंगलबार शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीमा आयोजित सहिद परिवार भेटघाट कार्यक्रममा सहिद परिवारले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई आर्शिवाद दिएका हुन ।
नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता शिवराज पनेरुले सहिद परिवारले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार त्रय एनपी साउद, ओम विक्रम भाट(सरल), बहादुरसिह थापासंग मुलुकको परिर्वतन र सम्बृद्धिका लागि आफ्ना मान्छले प्राण दिएको स्मरण गराउँदै सहिदले देखाएको बाटोमा काम गर्न आब्हान गरेका छन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्य साउद, क्षेत्र २(क) ओम विक्रम भाट(सरल), २(ख) बहादुर सिह थापाले समेत सहिदकै कारण आएको संविधान, व्यवस्था जोगाउनका लागि गठबन्धन भएको बताउँदै सहिदको सपना साकार पार्ने प्रतिबद्धता जाहेर गरेका छन । बेदकोट, शुक्लाफाँटा र कृष्णपुरका सहित परिवारले सहिद परिवारको भावना मर्म अनुरुप काम गर्न सुझाव दिएका छन ।
Discussion about this post