स्वतन्त्र उम्मेदवार सुनार सहित दर्जनौँ युवा काँग्रेसका प्रवेस

खडक रावल/कञ्चनपुर,
गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा दोधाराचाँदनी नगरपालिका ७बाट स्वतन्त्र उम्मेदवार बीर बहादुर सुनार सहित दर्जनौँ युवा काँग्रेसमा प्रवेस गरेका छन ।
मंगलबार एक कार्यक्रमका विच काँग्रेस प्रवेस गर्ने सुनार सहितका दर्जनौँ युवाहरुले काँग्रेसमा प्रवेस गरेका छन ।
दलित, विपन्न, सीमान्तकृत, महिला, आदिवासी, जनजाति, विपन्न समुदायको हितमा रहेको संविधान रक्षा गर्नका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनका लागि काँग्रेसमा प्रवेस गरेको सुनारले बताएका छन ।
सुनार सहित काँग्रेस प्रवेसीहरुलाई क्षेत्र ३ बाट बाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखक, ३(ख)ं उम्मेदवार बेल बहादुर राना सहितले स्वागत गरेका छन । बाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र ३(ख)मा निरन्तर घरदैलो चुनावी अभियान जारी राखेका छन । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय रमेश लेखक र बेल बहादुर रानाले संविधानको रक्षाका साथै क्षेत्रको स्थानीय दिगो विकास र सम्बृद्धिका लागि कामगर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित