कञ्चनपुर-महिलाको अधिकार बारे छलफल गरिएको छ । टेवा र आर्दश महिला समाज नेपालले मंगलबार महेन्द्रनगरमा महिलाको अधिकार बारे छलफल गरेको छ ।
टेवा संस्थाबाट आएका पदाधिकारीले आर्दश महिला समाजसग आबद्ध महिलासंग महिलाको अधिकारबारे छलफल गरेको हो । महिला समाज नेपालका अध्यक्ष माया नेगीले सिमान्तकृत महिला समुदायको अधिकार बारे छलफल गरिएको बताए । अध्यक्ष नेगीले टेवा संस्थाबाट आएका पदाधिकारीले यहाँका ग्रामिण भेगका महिलाका विद्यमान समस्या अध्ययन गर्दै भावि दिनमा महिलालाई आत्मनिर्भर बनाउनका लागि योजना ल्याउन सुझाव दिएका छन ।
Discussion about this post