कञ्चनपुर, जेठ १८ कञ्चनपुरको बेलौरीका युवाहरुलाई चप्पल बनाउने तालिम लिईएको छ । बेलौरी नगरपालिका स्थानीय सरकारले नगरका युवाहरुलाई चप्पल बनाउने तालिम लिएको हो ।
स्थानीय सरकारले नगरका युवाहरुलाई आत्मनिर्भर र स्वदेशमै रोजगारी सृजना गर्दै आर्थिक उपार्जनका कामकाजमा संलग्न गराउन चप्पल बनाउने तालिम लिएको जनाएको छ । बेलौरी नगरका मेयर पोतिलाल चौधरीले बेलौरी नगरपालिका २ टेटुवामा ४दिने चप्पल उत्पादन गर्ने तालिम लिएको बताए । आइतबार एक कार्यक्तमका विच तालिम समापन गरिएको छ । नगरप्रमुख पोतीलाल चौधरीले तालिमबाट केही बेरोजगारी अन्त्य हुने बताए ।
‘हाम्रा महिलाहरू अब आत्मनिर्भर बन्न सक्छन । नगरपालिकाले यो अभियानलाई अझ विस्तार गर्नेछ, ताकि एक घर एक उद्यम भन्ने हाम्रो लक्ष्य पूरा गर्न सकियो, ‘मेयर चौधरीले भने, ‘गरीबी हटाउने मुख्य आधार भनेकै सीपयुक्त समाज निर्माण हो। बेलौरी नगरपालिका अबका दिनहरूमा पनि यस प्रकारका तालिमहरू नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धछु ।’ कार्यक्रममा प्रशिक्षकहरू, जनप्रतिनिधि, नगरपालिकाका अधिकृतहरू, र सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रशिक्षार्थीहरूले तालिमबाट आफूहरूमा आएको आत्मविश्वास, उत्पादन क्षमता र भविष्य योजनाबारे पनि धारणा राखेका थिए। कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै उनीहरूलाई बजार सञ्जालको पहुँच, प्रविधि र थप तालिमको अवसर सुनिश्चित गरिने नगरपालिकाको तर्फबाट आश्वासन पनि दिइएको थियो।बेलौरी नगरपालिकाको यस्तो पहलले स्थानीय स्तरमै महिला उद्यमशीलता र आर्थिक समावेशीकरणमा उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको छ। तालिमका सहभागिहरुले पहिलो पटक सीपमुलक तालिम लिएर व्यवसाय गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
Discussion about this post