बारा : बाराको कलैया उपमहानगरपालिका–१ मा आइतबार दिउँसो टेम्पो (टपिर) को ठक्करबाट एक ६ वर्षीया बालिकाको ज्यान गएको छ।
दिउँसो सवा ३ बजे वीरगञ्जबाट कलैया जाँदै गरेको ना.१ क ८०५६ नम्बरको टेम्पोले सडक पार गर्दै गरेकी बालिकालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। मृतक भारत मोतिहारी घर भई हाल कलैया मोतबियाघ बस्ने हरेराम साहकी छोरी सबियानी गुप्ता रहेकी छन्।
ठक्करपछि गम्भीर घाइते भएकी सबियानीलाई तत्कालै कलैयास्थित आशीर्वाद अस्पताल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि बालिकाको शव सोही अस्पतालमा राखिएको छ। टेम्पो चालक कलैया–१८ बस्ने ३७ वर्षीय सत्यनारायण साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
Discussion about this post