कञ्चनपुर । सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हे.क्वा. शैलेश्वरी कञ्चनपुरका गणपति लोकेन्द्र देव भट्टले सोमबार कञ्चनपुरको महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा खाद्यान्न र फलफूल सहयोग गरेका छन्।
सामाजिक कार्यमा सक्रियता देखाउँदै गणपति भट्टले आफ्नै पहलमा अनाथालयमा पुगेर खाद्यान्न सामग्री र ताजा फलफूल वितरण गरेका हुन्। यस सहयोगबाट अनाथालयमा आश्रित बालबालिकाहरूको दैनिक आवश्यकताको केही हदसम्म पूर्ति हुने विश्वास गरिएको छ।
गणपति भट्टले यसअघि पनि विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। “सामाजिक सेवामा सधैं अग्रसर रहने प्रतिबद्धता लिएको छु,” भट्टले भने, “समाजका कमजोर र असहाय वर्गको सहयोग गर्नु सशस्त्र प्रहरीको मात्रै होइन, प्रत्येक नागरिकको दायित्व हो भन्ने मान्यता बोकेको छु।”
उक्त कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुखलगायत स्थानीय प्रशासनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यस्ता सहृदय र प्रेरणादायी क्रियाकलापले समाजमा सकारात्मक सन्देश फैलाउने मात्र होइन, नागरिक–प्रहरी सम्बन्ध पनि मजबुत बनाउने विश्वास लिइएको छ। गणपति भट्टजस्ता नेतृत्वदायी व्यक्तित्वको योगदानले समाजमा मानवता र सेवाभावको उज्यालो झल्को दिने निश्चित छ।
Discussion about this post