डडेल्धुराको अमरगढी नगरपालिकामा दुई कर्मचारीबीच विवाद, एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाड्यो

डडेल्धुरा – अमरगढी नगरपालिकामा कार्यरत दुई कर्मचारीबीच कार्यस्थलमै भनाभन चर्किएपछि एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याय र योजना अधिकृत टंकप्रसाद पन्तबीच आइतबार कार्यालयमा विवाद भएको हो। विवादपछि पन्तलाई केही समयका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बरबहादुर बिष्टले जानकारी दिए।

‘नगरपालिकामा विवाद भएको सूचना पाएपछि हामी पुगेका थियौं। स्थिति सामान्य भए पनि योजना अधिकृत पन्तलाई नियन्त्रणमा लिएको थियौं,’ बिष्टले भने, ‘पछि यो आन्तरिक विवाद हो, मिलाउँछौं भनिएपछि छोडिएको हो।’

योजना अधिकृत पन्तले आफू बिदामा रहेकै बेला कार्यालयमा बोलाएर नगरप्रहरीमार्फत घेराबन्दी गरी, रक्सी खाएको आरोप लगाएर प्रहरीले थुन्न लगाइएको आरोप लगाए। उनले प्रमुख प्रशासकीय अधिकृत उपाध्यायमाथि एक महिलासँगको सम्बन्ध बाहिरिने डरले आफूलाई फसाउने षड्यन्त्र गरिएको दाबीसमेत गरेका छन्।

तर, उपाध्यायले भने त्यो आरोप निराधार भएको बताए। ‘कार्यालयमा सामान्य विषयमा कुराकानी भइरहन्छ। यो पनि त्यस्तै हो,’ उनले भने, ‘सामान्य विवादलाई लफडाको रूपमा प्रस्तुत गरिएको हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित