बहुविवाहलाई वैधता दिने तयारी छैन कानुनमन्त्री चौरसिया

काठमाडौं :कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिन लागिएको चर्चा झुठो भएको स्पष्ट पारेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको जिज्ञासामा जवाफ दिँदै उनले बहुविवाहसम्बन्धी कुनै पनि विधेयक संसद्मा ल्याउने तयारी नरहेको बताए।

‘समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र मान्यतामा प्रतिकूल प्रभाव पार्ने गरी बहुविवाह लगायतको कुनै पनि विधेयक यस सम्मानित सदनमा पेश नहुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ मन्त्री चौरसियाले भने।

मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ ले बहुविवाहलाई अपराधको रूपमा परिभाषित गर्दै त्यसलाई दण्डनीय बनाएको छ। तर केही सञ्चारमाध्यममा कानुन मन्त्रालयले ‘विशेष परिस्थितिमा’ बहुविवाहलाई वैधता दिने गरी मस्यौदा तयार गरेको समाचार प्रकाशित भएपछि आलोचना चुलिएको थियो।

यसै सन्दर्भमा उठेका प्रश्नहरूको जवाफ दिंदै मन्त्री चौरसियाले भने, “सामाजिक व्यवस्था नै खलल गर्ने गरी कानुन निर्माण गर्ने विषयमा कोही पनि सहमत हुन सक्दैन। मन्त्रालयको ध्यान मस्यौदाबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका प्रतिक्रियातर्फ गएको छ।”

यद्यपि, उनले मुलुकी अपराध संहितामा सुधारको आवश्यकता रहेको भन्दै केही प्रावधान संशोधनको तयारी भने भइरहेको बताए। बहुविवाहको कानुनी व्याख्या, अग्रिम जमानत  राष्ट्रपतिबाट दिइने आममाफी लगायतका विषयमा संशोधन प्रस्ताव आएको भन्दै उनले विधेयक निर्माण प्रक्रियामा ती बुँदाहरू समेटिने जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित