हिजो रेकर्ड बनाएको सुन आज घट्यो, चाँदीको मूल्य उकालो

काठमाण्डौ, अहिलेसम्मकै उच्च मूल्य कायम गरेको सुनको भाउ आज सामान्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका  सुनको मूल्य १ सय रुपैयाँले घटेर तोलाको १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघिको दिन सुनको मूल्य तोलाको १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। यो नै नेपालको इतिहासमा सुनको सबैभन्दा महँगो मूल्य हो।

दोसरी तर्फ, चाँदीको भाउ भने आज बढेको देखिएको छ। महासङ्घले जनाएअनुसार आज चाँदी २५ रुपैयाँले बढेर तोलाको २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारको प्रभाव, माग आपूर्ति र भूराजनीतिक कारणहरूका आधारमा मूल्यमा उतार–चढाव हुने जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित