जेनजी आन्दोलनको भावनाअनुसार अब चुनाव लड्दिनँः पूर्वमन्त्री रामनाथ अधिकारी

काठमाडौँ :नेपाली कांग्रेसका नेता तथा पूर्व कृषि मन्त्री रामनाथ अधिकारीले जेनजी पुस्ताको आन्दोलनले उठाएका भावनालाई सम्मान गर्दै अब आफू कुनै पनि निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन्।

अधिकारीले माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन, साथै फागुन २१ मा तय भएको प्रतिनिधि सभा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पनि उम्मेदवारी नदिने स्पष्ट बताएका छन्।

भदौ २३ र २४ गते जेनजी पुस्ताले आन्दोलन गर्दा उनी कृषि मन्त्रीको जिम्मेवारीमा थिए। आन्दोलनपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए। सोही आन्दोलनबाट आएको परिवर्तनको भावनालाई ध्यानमा राख्दै अब नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने धारणा अधिकारीले दोहोर्याएका छन्।

धादिङ क्षेत्रीय समितिको संयुक्त बैठकमा आकांक्षी उम्मेदवारको सिफारिस विषयमा बोल्दै कांग्रेस धादिङ सभापति समेत रहेका अधिकारीले भने,
“भदौ २३–२४ को घटनापछि आलिसान महल र झण्डावाला गाडी छाडेर राजीनामा दिएर हिँडेको मान्छे हुँ। यहाँ उम्मेदवारी प्रस्ताव आउँदैछ, तर म कांग्रेसबाट भाग्न खोजेको होइन। यो उम्मेदवारीमा म सहभागिता जनाउँदिनँ।”

उनले आफू पटक–पटक उम्मेदवार भइसकेको तथा अब नेतृत्व हस्तान्तरणको समय आएको पनि बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित