भ्रष्टाचार समाप्ति र सुशासनमा सरकारको विशेष ध्यानः मन्त्री खरेल

काठमाडौँ :सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्न सरकार विशेष रूपमा लागेको बताएका छन्।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा सञ्चारिका समूहले बुधवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खरेलले सुशासन जनआन्दोलनको प्रमुख मुद्दा भएको उल्लेख गरे। उनले पछिल्ला दुई महिनामा २५ भन्दा बढी ठूला भ्रष्टाचार प्रकरणमा मुद्दा दर्ता भइसकेको जानकारी दिँदै “यो सुशासनप्रतिको जनआकाङ्क्षाको परिणाम हो” भने।

मन्त्री खरेलका अनुसार सतर्कता केन्द्र, अनुसन्धान ब्युरो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका राज्यका निकायहरूमा सरकारले कुनै हस्तक्षेप नगरेको र ती निकायहरूले स्वतःस्फूर्त र प्रभावकारी ढङ्गले काम गरिरहेको छ।

यस्तै, सरकारलाई निर्वाचनको जिम्मेवारी पनि तोकिएको हुँदा निर्वाचन समयमै गर्न आवश्यक सबै तयारी भइसकेको उनले बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित