बैतडीमा मतदान अधिकृत तोकिए

बैतडी  बैतडीमा मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन्। आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका हुन्।

२१० ओटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका र तालिम दिने तयारी भइरहेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताए। उनले यही कार्तिक २६, २७  र २८ गते मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि तालिम सञ्चालनको तयारी भएको बताए।

उनका अनुसार पुर्चौडी नगरपालिका, सिगास र डिलाशैनी गाउँपालिकामा खटिनेको तालिम २६ गते राखिएको छ। त्यस्तै, पञ्चेश्वर, सुर्नया, शिवनाथ गाउँपालिका, मेलौली र पाटन नगरपालिकाको वडा नम्बर ७, ९ र १० मा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम २७ गते राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
लालझाडी, पुनर्वास, बेलौरी र बेलडाँडीका पालिकाहरूद्वारा गृहमन्त्री लेखकलाई ज्ञापन : हुलाकी राजमार्ग विस्तारदेखि दोदा, चाैधर नदि नियन्त्रणका लागि पहलको अनुरोध
भर्खरै प्रकाशित