बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको दुःखद मृत्यु

बैतडी। बैतडीमा निर्वाचन सुरक्षाका लागि खटिएका एक प्रहरीको भिरबाट लडेर दुःखद मृत्यु भएको छ। दशरथचन्द नगरपालिका-५ स्थित चमखाली खेलमैदानमा सञ्चालन भइरहेको तालिम सकेर फर्किने क्रममा मंगलबार राति करिब साढे ८ बजे दुर्घटना हुँदा ३२ वर्षीय निर्वाचन प्रहरी प्रकाश चन्दको ज्यान गएको हो।

दशरथचन्द नगरपालिका-४ घर भएका चन्द तालिमपछि घर फर्किने क्रममा सोही नगरपालिकाको खरकटे सल्लेरी भिरमा चिप्लिएर करिब अढाइसय मिटर तल खसेका थिए। भिरबाट खसेपछि घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिनुभयो।

घटनापछि स्थानीयवासी र सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। प्रहरीका अनुसार दुर्घटनाबारे थप विवरण संकलन भइरहेको छ। निर्वाचनको संवेदनशील समयमा सुरक्षामा खटिएका जवानको असामयिक निधनले जिल्लाभर शोकको वातावरण बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित