ईसु नेगी/कञ्चनपुर । यस बर्ष गुर तथा चिनी उत्पादन गर्ने उद्योगहरुले उखु क्रसिङ्ग शुरु गरेसंगै कञ्चनपुरका उखु किसान खेतबारीमा व्यस्त देखिएका छन ।
कञ्चनपुरको बेलौरी १० शिवनगर र पुनर्वास नपा २ दशरथ बस्तीमा चिनी उद्योग, बेलडाँडीको केदार गुर उद्योग सहितका अन्य गुर उद्योगले उखु क्रसिङ्ग शुरुगरेसंगै जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी, बेलौरी, पुर्नवास, लालझाडी सहितका किसान यतिबेला उखु काट्नका लागि खेतबारीमा व्यस्त भएका हुन । उखु काटेलगत्तै किसानलाई बेच्न पनि भ्याई नभ्याई भएको छ ।
नगदेबालीको रुपमा रहेको उखु बिक्रिका लागि किसान बिहानैदेखि साँझसम्मै खेतबारीमा समय व्यतित गरिरहेका छन । सरकारले चालु आर्थिक बर्ष ०८२/०८३देखि उखुको मुल्य समेत बृद्धि गरेको छ । गत आर्थिक बर्षमा ५सय ८५रुपैया निर्धारण गरेको सरकारले यस बर्षदेखि ३५रुपैया बृद्धि गरेर ६सय २० पु¥याएको र प्रतिक्विन्टल ७०रुपैया अनुदान दिने निर्णय गरेसंगै किसान उत्साहित भएका छन ।
किसानको लागत अनुपातमा उखुको मुल्य बृद्धि नगरेपनि गत बर्ष भन्दा बृद्धि गरेपछि किसान उत्साहित भएका हुन । उखु उत्पादक किसान हकहित तथा सरक्षण समिति कञ्चनपुरका कोषाध्यक्ष चेतन कुमार राईले किसानको अपेक्षाकृत मुल्य बृद्धि नगरेपछि तुलनात्मक रुपमा बृद्धि गरेको बताए ।
‘गत विगत भन्दा उखुको मुल्य बृद्धि भएको छ, ‘उनले भने, ‘यसमा हामी खुसी छौँ, अब सरकारले अनुदान वितरणका कामकाजमा ढिलासुस्ती पनि गर्न हुन्न ।’ गत बर्ष अनुदानको रकम भुक्तानीका लागि जिल्लादेखि केन्द्रसम्मै आन्दोलन गर्नुपर्ने बाध्यता रहेको उनको दुखेसो छ ।
नगदे बालीको रुपमा रहेको उखु खेती कञ्चनपुरका किसानका लागि घरदैलोमै रोजगारी बनेको छ । जस्तो गुलियो उस्तै उखुले किसानको जिवनमा सुधार ल्याईदिएको छ । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासमा चिनी उद्योग स्थापना भएसंगै उखु किसानको जिवनमा आर्थिक सुधार आईरहेको छ ।
१५ बर्ष अघि बेलौरी १० शिवनगर र १० बर्षअघि पुनर्वास नपा २ दशरथ बस्तीमा चिनी उद्योग संचालनमा आएसंगै दक्षिणी क्षेत्र बेलडाँडी, बेलौरी, पुनर्वास लालझाडी सहितका जिल्लाका अन्य पालिका गाँउबस्तीका उखु किसानको जिवनमा आर्थिक सुधार ल्याएको हो । दुवै चिनी उद्योग नहुँदा पनि थोरै किसानले उखुखेती गर्दैै आएका, उद्योग संचालनमा आएसंगै जिल्लामा अहिले थुप्रै किसानले उखु खेती गरिरहेका छन ।
उनीहरुले स्वदेशमा रहेका केही गुर उद्योग र भारतमा बेच्दै आएका थिए । गाँउमै उद्योग नहुँदा सस्तोमै भारतमा उखु बेच्नुपर्ने पनि किसानको बाध्यता थियो, तर अहिले उखु किसान अधिकाँस समस्या टर्दै गएका छन ।
झण्डै २०/२२किलोमिटर दुरीमा दुई चिनी उद्योग संचालनमा आएपछि स्थानीय उखु किसानलाई ठुलो राहत मिलेको छ ।
बेलडाँडी ४ वैवाहका उखु युवा किसान दिल प्रशाद शर्माले उखु खेतीलाई स्वरोजागरकै रुपमा काम गरेको बताए । ‘मेरो परिवारले २० बर्षदेखि उखुखेती गर्दै आएको थियो, उतिबेला गाँउमा गुर उत्पादन गर्ने कोलु मात्रै थिए, अहिले दुई ठुला चिनी उद्योग संचालनमा आएका छन, मैले विदेश जानु भन्दा अरुको जमिन पनि भाडामा लिएर उखुखेती गर्छु, अन्य किसानको उखुपनि मिलसम्मै ओसार्छु ।’
शर्माले कञ्चनपुरमा ८ विगाह र बर्दियामा समेत ६ विगाह जमिनमा उखु खेती गरेका छन । उनले आफुले बार्षिक १ करोडको कारोबार गर्दै आएको बताए ।
‘उखुमै थुप्रै सम्भावना छ, किन विदेश जानुप¥यो, हाम्रै माटोमा कमाई छ, ‘उनले भने, ‘सरकारले पनि युवाहरुलाई उखुखेती तर्फ आकर्षित हुने कार्यक्रम प्रर्बद्धन गर्नुपर्छ ।’
पुनर्वास नगरपालिका ९का निर्वतमान वडाध्यक्ष समेत रहेका उखु किसान नारायण प्रशाद जैसीले नेपालको आर्थिक सम्बृद्धिको आधार उखु भएको बताए । ‘हामीले स्वदेशमा थुप्रै उखु खेती गरेर चिनी उत्पादन गरेर विदेशमा पनि बेच्नुपर्छ, तब मात्रै हाम्रै वैदेशिक व्यापार घाटा कम गर्न सकिन्छ ।’
अढाई दशकदेखि उखुखेती गर्दै आएका पुर्नवासका उखु किसान जैसीले ५ विगाहमा उखुखेती गरेका छन । उनले आफ्नो सहित जमिन भाडामा लिएर उखु खेती गरेका छन ।
‘विगतमा हामीले भारतमा पनि उखु बेच्दै आएका थियौँ, ‘उनले भने, ‘अहिले त स्वदेशमै पनि उखु क्रसिङ्ग गर्ने उद्योग संचालनमा आएका छन, हामीलाई सहज भएको छ ।’
बेलौरी नगरपालिका १० सडकघाटका प्रभावशाली उखु किसान चक्र बहादुर कडायतले ३२ विगाह जमिनमा उखु खेती गरेका छन । उनले उखुखेतीबाटै ठाँउ ठाँउमा सम्पत्ती पनि जोडेको बताउँछन । ‘मैले २२ बर्षदेखि उखुखेती गर्दै आएको छु, ‘उनले भने, ‘स्वदेशमा चिनिमिल नहुँदा भारतमा बेच्नुपर्ने बाध्यता थियो, अहिले दुई चिनी उद्योग संचालनमा सहज भएको छ ।’
खठायतले बार्षिक ५०देखि ६०लाखको उखु बेच्दै आएका छन । उनले मल, बिउ, औषधीका कारण उखु किसानलाई समस्या भएको बताए ।
चिनी उद्योगले दुईदेखि चार साताभित्रै भुक्तानी गर्दै आएपनि किसानलाई सुविधा भएको उनले बताए । बेलडाँडी गाँउपालिका ४ वैवाहकै अर्का उखु किसान रनी सिह धामीले पनि दुई दशकदेखि उखुखेती गर्दै आएका छन ।
‘मैले विगतमा १०कट्टामा उखु खेती गर्दै आएको थिए, उद्योग संचालनमा आएपछि अहिले डेढ विगाहमा उखुखेती गर्छु, ‘उनले भने, ‘घर परिवारको आयको स्रोत पनि उखु नै छ, तर सरकारी अनुदान लिन झन्झट भएको छ ।’
लालझाडी गाँउपालिका ३ नन्दगाँउका उखु किसान बहाली रानाले जिल्लाका दुई चिनी उद्योग स्थापना भएसंगै सहजै उखु उत्पादनको दायर समेत बृद्धि गरेको बताए । ‘मैले ०६२सालदेखि नियमित उखु खेती गर्दै आएको छु, उतिबेला चिनी उद्योग थिएनन, ‘रतनपुरमा भएको एक सानो चिनी उद्योग पनि बन्द भयो, गाँउकै कोलुमा बेच्दै आएका थिए, अहिले फेरी चिनी उद्योग संचालनमा आएपछि उखुखेती विस्तार गरेको छु ।’
विगतमा १०कट्टामा उखु खेती गर्दै आएका राना अहिले तीन विगाहमा गर्दै आएका छन । उनले उखुबाट बार्षिक ८देखि १२लाख कारोबार गर्दैै आएको बताए । ‘अरु खेती भन्दा उखुले नगदै प्रतिफल दिन्छ, ‘उनले भने, ‘त्यही भएर उखु खेती गरिरहेको छु ।’ रानाले सरकारी अनुदान पाउनमा मुस्किल झन्झटिलो भएकाले कि हटाउनुपर्न























Discussion about this post