विमानस्थल बन्यो तर विमान आउँदैन

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थल स्तरोन्नति भई कालोपत्र भएको दुई वर्ष बितिसक्दा पनि विमान उडानले निरन्तरता पाएको छैन ।

दिपायल विमानस्थलको स्तरोन्नति गर्ने कार्यका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सपना ग्याल्भा जेभी कन्स्ट्रक्सनबीच २०७३ सालमा चार सय ९० मिटर लम्बाइको धावनमार्ग निमार्ण र कालो पत्रसहितको लागि ६ करोड ८० लाख कबुल अङ्क सहितको ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०७६ साल असार मसान्तभित्र काम सम्पन्न गर्नुपर्ने भएपनी एक वर्ष म्याद थप भई २०७७ सालमा काम सम्पन्न भएको थियो ।

 

स्तरोन्नतिको काम सम्पन्न भई २०७७ साल असोज १७ गते समिट एयरलाइन्सले उडान परीक्षण गरेको थियो । उडान परीक्षण पश्चात् केही समय समिट एयरले निरन्तरता दिएको थियो । समिट एयरले निरन्तरता दिन नसकेपछि नेपाल एरलाईन्सले जहाज उडान सुरु गर्‍यो

 

सुरुमा हप्तामा दुई पटक उडान गर्ने निर्णय गरेको एरलाईन्सले कहिले कोभिड, कहिले यात्रु छैन भन्दै आलटाल गर्दै आफू अनुकूल महिनामा २ पटक १ पटक जहाज उडाउँदै थियो तर पछिल्लो समयमा ५ महिना यता उडान पूर्ण रूपमा बन्द भएको छ ।

 

दिपायल विमानस्थलमा अहिले जहाज नआएको पाँच महिना भएको छ । धनगढी देखि दिपायलको अन्तिम उडान २०७९ साल भाद्र ६ गते भएको थियो त्यस पश्चात् हाल सम्म उडान पूर्ण रूपमा बन्द भएको डोटी नागरिक उड्डयन कार्यालय दिपायलले जानकारी दिएको छ ।
विमानस्थलको स्तरोन्नति भएको केही समय सम्म हप्ता र महिनामा कहिलेकाहीँ जहाज आउँथ्यो अहिले त त्यो पति पूर्ण रूपमा बन्द भएको स्थानीय बताउछन ।

उनले भने, ‘दिपायल विमानस्थल सञ्चालन भइसकेपछि बिचमा लामो समय सम्म बन्द हुँदा गौचरणमा परिणत भएको थियो त्यसपछि बिचमा स्तरोन्नति हुँदा अब नियमित सञ्चालन हुन्छ भन्ने लागेको थियो अझ बन्द भई सक्यो । फेरी यस्तै अवस्था हो भने पुनः गौचरणमा परिणत नहोला भन्न सकिँदैन ।’

नेपाल एरलाईन्सले विमान अभावका कारण डोटी उडान भर्न नसकेको नेपाल बायु सेवा निगम धनगढीका स्टेसन इन्चार्ज विमल विक्रम शाहीले बताए । उनले भने, ‘केन्द्रले विमान पठाउँदैन, विमान २ वटा मात्र छ कहिले काहीँ बिग्रिन्छ, नेपालगञ्ज सम्म मात्र आउँछ यता सुदूरपश्चिम पटाउँदैन ।

स्टेसन इन्चार्ज शाहीलाई समेत अब सुदूरपश्चिममा नेपाल एयरलाइन्सको विमान आउँछ वा आउँदैन भनेर कुनै जानकारी छैन ।’
१८ सिट भएको नेपाल एयरलाइन्सको विमानले हप्ताको दुई दिन धनगढीबाट डोटी, अछाम, बाजुरा र बझाङमा उडान भर्दै आएको थियो ।

बन्द विमानस्थलमा नयाँ संरचना बन्दै
दिपायल विमानस्थलमा लामो समय देखि जहाज नआए पनि नयाँ भौतिक संरचना निमार्ण कार्यले निरन्तरता पाएको छ ।
डोटी विमानस्थल आयोजना अन्तरगत विमानस्थलको टर्मिनल भवन र टावर निमार्ण कार्य सुरु भएको डोटी नागरिक उड्डयन कार्यालय दिपायलका पूर्व प्रमुख विजय पटेलले बताए ।

टर्मिनल भवन र टावर निमार्ण गर्न ५ करोड ९ लाखको लागतमा २०७९ असार बाट कार्य प्रारम्भ भई २०८० मङ्सिरमा सम्पन्न गर्ने गरी टिडीआर कस्टक्सन निमार्ण कम्पनी धनगढीसँग सम्झौता भई निमार्ण कार्य सुरु भएको समेत पूर्व प्रमुख पटेलले जानकारी दिए ।
डोटी नागरिक उड्डयन कार्यालय दिपायलका पूर्व प्रमुख विजय पटेल पुस ४ गते अछाम जिल्ला सरुवा भएर गइसकेपछि कार्यालय प्रमुखको जिम्मेवार हाल सम्म कसैलाई तोकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित