सुदूरपश्चिममा सभामुख चयन अनिश्चित

सुदूरपश्चिममा सभामुख चयन गर्ने काम अनिश्चित बनेको छ। आज बिहान ११ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक समेत स्थगित गरिएको छ। प्रदेश सभा सचिवालयले अर्काे सूचना जारी नभएसम्म बैठक स्थगित भएको सूचना टाँस गरेको छ।

आज बिहान ११ बजे सभामुखको पुनः निर्वाचन गर्ने गरी विहिबार साँझको बैठक स्थगित भएको थियो। प्रदेशसभाको सभामुख पदका लागि बिहीबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेशसभाको कुल सदस्य संख्याको बहुमत संख्या प्राप्त नगरेकाले सभामुख निर्वाचन हुन सकेको थिएन्। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभा बैठकमा भएको निर्वाचनमा ५० जना मतदानमा सहभागी भएका थिए।

 

भने त्यसमध्ये सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भीमबहादुर भण्डारीको पक्षमा २६ मत खसेको थियो भने नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर रावलले २३ मत प्राप्त गरेका थिए। सभाको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य शिवराज भट्टले प्रदेशसभाको कुल सदस्य संख्याको बहुमत नपुगेकाले दुवै प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका हुन्।

सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका भण्डारीको पक्षमा माओवादी केन्द्र (११), एमाले (१०), नागरिक उन्मुक्ति (७) र राप्रपाका एक सांसदको समर्थन थियो। त्यस अनुसार उनले २९ मत पाउनुपर्ने थियो। उनको मतदानमा दुई सांसद अनुपस्थित र एक मत बदर भएको थियो।

 

नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरी र एमाले सांसद चक्र मल्ल मतदानमा सहभागी भएनन्। एक मत बदर भएको थियो। कांग्रेसका तर्फबाट मनोनयन दर्ता गराएका मानबहादुर रावलले २३ मत पाएका थिए। उनलाई कांग्रेस (१८), एकीकृत समाजवादी (४) र स्वतन्त्र (एक) सांसदको समर्थन थियो। जेष्ठ सदस्यले बैठक शुक्रबार बिहानसम्मका लागि स्थगित गरेका थिए। तर अहिलेसम्म सभामुख चयनको प्रक्रिया भने अन्योलमै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित