बागेश्वरी बहुउद्धेश्यीय सहकारीको १८औं वार्षिक साधारण सभा सम्पन्न

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं. ४ मा रहेको बागेश्वरी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 

सनिवार एक समारोहका विच आफ्नो १८ औं साधारण सभा सम्पन्न गरेको बागेश्वरी बहुउद्धेश्यीय सहकारी संस्थाकी अध्यक्ष दुर्गा रोकायाले जानकारी गराउनु भयो । उहाँका अनुसार संस्थाले बर्षभरी गरेका कार्य प्रगतिको समिक्षा गर्दै भब्यताका साथ सभा सम्पन्न गरेको बताए । आफ्नो कार्यकाल भन्दा पहिला संस्थाले ३ करोड ३२ लाख कारोबार गरेको र आफु अध्यक्ष भएपछि कारोबार बढाएर ३ करोड ५१ लाख पुर्याएको वहाँले जनाउनु भयो ।

१३ सय २१ सेयर सदस्य रहेको संस्थाको आफ्नै भवन नभएकाले संस्थाको भवन निर्माणका लागि यसै बर्ष २ कट्टा जमिन खरिद गरिसकेको जनाउदै भवन निर्माणका लागि गाउँपालिका, जिल्ला समन्य समितिलाई समेत सहयोगका लागि अपिल गरेको वहाँले बताउनु भयो ।

“पछिल्लो समयमा दलालि प्रर्थाको अन्त्यगर्दै किसानहरुका लागि मलखाद सहकारीबाटै बितरण गरि सहकारी र किसान दुबैपक्षलाई फाइदा हुने कार्य, लामोसमय देखि हुन नसकेको सेयर लाभांश वितरण, सहकारी अन्र्तगतका समुहहरुलाई सकृय बनाउने कार्य लागायत विभिन्न कार्य गरेको बताइन् ।”

सहकारीको उदेश्य प्राप्तीका लागि इन्टरनेट मार्फत कार्य गर्ने,समुह समुहमा सेवा सुविधा दिने, सेयर बढाउने, कृषि, व्यवसायमा विशेष लगानी गरेर स्वरोजगारी ल्याउने र मुख्य कार्य सहकारीको आफ्नै भवन निर्माण गर्ने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख रामकुमारी रानाले कार्यक्रको उदघाटन गर्नुहुदै महिलाले पनि आट्यो, चाहयो भने जे पनि गर्न सक्ने भन्दै प्रत्येक क्षेत्रमा महिलाले नेतृत्व लिनुपर्ने बेला आएको बताए । उहाँले भने ‘यस संस्थाकी प्रमुख दुर्गा बहिनीको प्रगति प्रतिवेदन सुन्दा राम्रै गरेकोले समन्वय समितिबाट भवन निर्माणमा गर्न सकिने सहयोगका लागि पहल गर्ने बचन दिनु भयो ।’ यस्तै विशिष्ट अतिथि बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ती नाथले भने ‘महिलाले नेतृत्व लिएको सहकारीले पनि समुदायका लागि राम्रो भुमिका खेल्न सक्ने यो जल्न्द उदाहरण भएको बताए ।’ यस्ता सहकारीहरुलाई पालिकाको तर्फबाट गर्न सकिने सहयोग गर्ने बताए ।

स्थानीयहरुका अनुसार पहिलाको भन्दा अहिले यस सहकारीमा सकारात्मक परिवर्तन भएको बताए । अझै यो सहकारी निम्न बर्गका पक्षमा काम गर्ने उदाहरणीय सहकारी बन्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।

रोकायाको अध्यक्षतामा जिल्ला समन्वय समतिकी उप प्रमुख रामकुमारी राना प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथि बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ती नाथ रहनु भएको कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधी सेयर सदस्य लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित