समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

268
VIEWS

कञ्चनपुर,
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका ९ आम्भोजकी २३ बर्षिया आशा बस्नेत मृत्युको मुखमा पुगेर पनि बाँचेकी छिन ।

मंगलबार आमालाई खानेदिन जाँदा महाकाली नदीमा बहाव बढेर बगेकी आशालाई प्रहरीले समयमै उद्दार गरेको छ । ईलाका प्रहरी कार्यालय दोधाराका इन्चार्ज प्रहरी निरीक्षक अर्जुन सिह साउद नेतृत्वको टोलीले स्थानीय सहित आशालाई समयमै उद्दार गरेको हो ।

आशा महाकाली नदीमा बगेको खबर पाउने लगत्तै प्रहरी टोली घटना स्थल पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी चक्र बहादुर शाहले आशा महाकाली नदीमा बगेको खबर पाउँनासाथ प्रहरी निरीक्षक अर्जुन सिह साउद नेतृत्वको टोलीले आशाको उद्दार गरेको बताए ।

आशा आमा खरकटाईका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज गएकी थिईन, आमालाई खाना लैजाने क्रममा उनी महाकाली नदी तर्ने क्रममा बगेकी थिईन ।

समयमै प्रहरी पुग्दा आशालाई बाँच्ने आशा थप पलाएको छ । आशाको दोधारा प्राथमिक स्वास्थ्य केन्द्रबाट उप उपचारका लागि सेती अस्पतालमा उपचारका लागि पठाईएको छ । अहिले आशाको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

 

यसरी महाकाली नदीले बगाएर समयै प्रहरीद्वारा उद्दारपछि बाँच्न सफल भएकी आशालाई थप बाँच्ने आशा छ । महाकाली नदीमा बगेको मानिस बिरलै उद्दार र हुने बाँच्ने गरेका छन । प्रहरीको उक्त सहासिक कार्यबाट स्थानीय हर्षित भएका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार