एनसीसी तालिममा ईन्टरनेशनल स्कुललाई बेष्ट प्लाटुन अवार्ड, विद्यार्थी दिपेशलाई वेष्ट क्याडेड

कञ्चनपुर,
रक्षा मन्त्रालय अन्र्तरगत नेपाली सेनाले हरेक बर्ष संचालन गर्ने राष्ट्रिय सेवा दल(एनसीसी) तालिममा कञ्चनपुर महेन्द्रनगरको ईन्टरनेशनल स्कुल यस बर्ष ०७९ मा पनि उत्कृष्ठ भएको छ ।

नेपाली सेनाको पश्चिम शिक्षालय कौसिला नगर बाँकेमा आयोजिक एनसीसी तालिम समापन कार्यक्रममा राष्ट्रिय सेवा दल(एनसीसी) तालिममा कञ्चनपुर महेन्द्रनगरको ईन्टरनेशनल स्कुल यस बर्ष ०७९ मा पनि उत्कृष्ठ भएको हो ।
उक्त विद्यालयका छात्र दिपेश वडलाई वेष्ट क्याडेड र विद्यालयलाई बेष्ट प्लाटुन अर्थात उत्कृष्ठ विद्यालय घोषणा गरिएको थियो ।

कक्षा ९ मा अध्ययनरत छात्रा दिनेश तालिम प्रशिक्षार्थी मध्ये सबैभन्दा उत्कृष्ठ र विद्यालय तालिममा सहभागि भएका मध्ये सबैभन्दा उत्कृष्ठ नतिजा ल्याएपछि राष्ट्रिय सेवा दल(नेपाली सेना)ले उत्कृष्ठ स्थान प्रदान गरेको हो । नेपाली सेनाका रहायक रथी हरिश प्रशाद जोशीले ईन्टरनेशनल स्कुलका प्रिन्सिपल राजेन्द्र प्रशाद भट्ट र वेष्ट क्याडेड दिपेश ओडलाई प्रमाण पत्र सहित पुरस्कार हस्तान्तरण गरेका थिए ।

यस अघि विद्यालयमै ८० दिने तालिम संचालन गरिएको प्रिन्सिपल राजेन्द्र सिह भट्टले बताए । विद्यालयका तर्फबाट ३६जना छात्रछात्रा सहभागि भएका थिए । ‘सेना मार्फत एनसीसीको तालिम विद्यालयै गरिएको थियो, ‘उनले भने, ‘त्यसपछि पुरै टिम सहित बाँकेमा गरिएको थियो ।’

ईन्टरनेशनल विद्यालयले विगत चार बर्षदेखि लगातर एनसीसीको वेष्ट अवार्ड प्रदान गर्दैं आएको छ । विद्यालयले शैक्षिक गुणस्तरका साथै अतिरिक्त तर्फ उत्कृष्ठ स्थान हासिल गर्दै आएको छ । ईन्टरनेशनल स्कुल संचालक समितिका सदस्य गौराज बहादुर लिम्बुले विद्यालय, विद्यार्थीको नियमित मेहनतको बाजबुत अवार्ड प्रदान गरिएको बताए ।

‘शिक्षक, अभिभावकबाट विद्यार्थीलाई नियमित अनुशासनमा राख्नेदेखि पढाईका साथै अतिरिक्त कियाकलापमा सहभागि गराउने कार्यले विद्यार्थीमा भएका अन्तरनिहित क्षमता प्रष्फुटन गर्ने यो अवसर थियो, ‘उनले भने, ‘यसको भरपुर सदुपयोग विद्यालय र विद्यार्थी गरेका हुन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित