यूएईको स्लोओभर नेपालका लागि बरदान साबित

74
VIEWS

काठमाडौँ,
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले डीएलएस पद्धतिमा यूएईलाई ९ रनले हरायो ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा २६९ रन बनाउँदा  ९ रनले आफ्नो पक्षमा जित निकाल्न सफल भयो ।

यूएईले ४० ओभर पछि बलिङको रफ्तार सुस्त बनाउँदा उनलाई धक्का लाग्न पुग्यो । उक्त स्लोओभर नै  नेपालका लागि बरदान सावित भयो ।

यूएईले गरेको ४२ ‍‍औँ स्लोओभरको बलिङमा नेपालका लागि गुलशन झाले २० रन बनाए । त्यसपछि नेपाल डीएलएस पद्धतिमा अघि रह्यो ।

त्रिवि क्रिकेट मैदानमा उज्यालो कम हुँदा एम्पाएरले खेल रद्द भएको र नेपालले जित निकालेको घोषणा गरेका थिए ।

यूएईले गरेको स्लो ओभरमा नेपालले बनाएका रनहरु 

४१ औं ओभरमा नेपालले ६

४२ औं ओभरमा नेपालले २०

४३ औं ओभरमा नेपालले ६

४४ औं ओभरमा नेपालले ८

नेपालले चार ओभरमा ४० रन बनायो ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार