बेलडाँडी,
नेपाली कांग्रेस भित्र यति बेला टिकट बितरणको प्रकृयालाई लिएर टिकाटिप्पणी आलोचना भइराखेको छ । नेपाली कांग्रेस कञ्चनपुर क्षेत्रिय समितिले वडा कमिटिमा कुनै सल्लाह नगरी आफु निकटका व्याक्तिहरुलाई टिकट दिएको भन्दै वडा नं.३ का सभापति लगायत पदाधिकारीहरुले सयुक्त राजिनामा दिएका छन् ।
बेलडाँडी गाउँपालिका वडा नं.३ नेपाली कांग्रेसका सभापति बलराम डगौरा, सचिव राजकुमार चौधरी, सह सचिव निलम नाथ गिरी र सदस्य चक्र बहादुर डगौंराले सयुक्त निवेदनमा हस्ताक्षर गर्दै राजिनामा बुझाएका छन् । आफुहरुले सबैपक्षलाई समेटेर लैजानुपर्छ भन्दा आफुहरुलाई गाउँ निकाला गर्ने धम्की समेत आएको एक नेतालो बताए । यसरी यिनीहरुको दमन सहेर नबस्ने भन्दै राजिनामा दिएका छन् ।
पत्रका यस्तो लेखिएको छ ः उपरोक्त सम्वन्धमा आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा जिल्ला कञ्चनपुर नेपाली कांग्रेस क्षेत्र नं.१ अन्र्तगत बेलडाँडी गाउँपालिकामा टिकट वितरण गर्दा वडा कार्यसमितिको कुनै पनि किसिमको थप परामर्स नलिकन पुर्वाग्री ढंगले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आफु नजिकका कार्यकर्तालाई मात्र टिकट वितरण गर्दा संगठनमा खिचलो पैदा भई क्षेत्रीय कार्यसमितिले वडा कार्यसमितिलाई विधानले दिएको अधिकार माथी नै हस्तक्षेप गरिएकोले पदिय हैसियतमा बसिरहन अनुचित देखिएकाले हामी तपशिलका पदाधिकारीहरुले सयुक्त रुपमा राजिनामा दिएका छौं । भनेर गाउँ सभापतिलाई पत्राचार गरेको छ ।
Discussion about this post