कैलाली:
कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज चर्चित गायिका प्रिती आलेको प्रस्तुती रहने छ ।उनि दोहोरी ब्याटलमा चर्चित गायिका हुन् ।
त्यस्तै आज रुविना अधिकारी,सुमन ताम्राकार, कृष्ण र्याउले र मनिष खड्काको प्रस्तुती पनि रहने आयोजक अत्तरिया उद्योग वाणिज्य संघका कलासँस्कृति संयोजक रमेश भट्टराईले जानकारी दिएका छन् ।महोत्सवमा हिजो प्रमोद खरेल लगायतको प्रस्तुती रहेको थियो ।
लामीताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् ।
माघ ७ गतेसम्म चल्ने महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति प्रर्दशनी महोत्सव का मुख्य आकर्षणका रुपमा रहेका छन् ।
Discussion about this post