दार्चुला मा बस दुर्घटना हुदा  १७ जना  घाईते  

दार्चुला :

दार्चुलामा शुक्रवार बिहान भएको बस दुर्घटनामा घाइते हुनेको संख्या १७ पुगेको छ। महेन्द्रनगरतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ मा दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्।

उनीहरु सबै परिचय खुलेको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बसमा सवार दार्चुलाको दुहुँ गाउँपालिका–५ बस्ने ५२ वर्षीय दिलबहादुर बम र व्यास गाउँपालिका–४ बस्ने ५४ वर्षीय परमानन्द भट्ट गम्भीर घाइते भएका छन्।

अन्य १४ जना घाइतेको अवस्था समान्य रहेको प्रहरीले बताएका  छन् । बस दुर्घटनामा घाइते हुनेहरु सबै दार्चुला, बैतडी र कञ्चनपुरका रहेका छन्।

घाइतेहरुः१) बैतडीको पाटन नगरपालिका–१० खोड्पे बस्ने १७ वर्षको लक्ष्मण महरा२) बैतडीको दशरथचन्द नगरपालिका–४ खलंगा बस्ने २४ वर्षीय प्रशान्त पौडेल३) दुहुँ गाउँपालिका– ५ बस्ने २३ वर्षीया कमला बम४) कमला बमको ४ वर्षीय छोरा हिमान्सु बम५) महाकाली नगरपालिका–५ बस्ने ६० वर्षीया पशुपति टमटा६) अपिहिमाल गाउँपालिका–३ खण्डेश्वरी बस्ने १७ वर्षीय भरत धामी७) महाकाली नगरपालिका– ५ बस्ने १९ वर्षीया निरुता ओड८) महाकाली नगरपालिका– १ बस्ने ३१ वर्षीय लालसिंह कार्की९) बैतडीको मेलौली नगरपालिका–६ बस्ने २८ वर्षीय तारादत्त ओझा१०) कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी बस्ने ३६ वर्षको महेश भट्ट९चालक०११) मार्मा गाउँपालिका–६ बस्ने ४० वर्षीय नरेन्द्र धामी१२) दुहुँ गाउँपालिका–३ बस्ने ३५ वर्षीय भरतसिंह कार्की१३) शुक्लाफाँटा नगरपालिका– १० झलारी बस्ने २५ वर्षीय जनक ठगुन्ना१५) शुक्लाफाँटा नगरपालिका–१० बस्ने २४ वर्षीय भुवन ठगुन्ना रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित