एकल महिलाद्वारा कञ्चनपुरका स्थानीय सरकारलाई ज्ञापन : एकल महिला सुरक्षा कोष कार्यान्वयनको माग

71
VIEWS

कञ्चनपुर, माघ ४ । कञ्चनपु्रका एकल महिलाले जिल्लाका स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएका छन । बिहीबार एक कार्यक्रमका विच जिल्लाका विभिन्न पालिकाहरुमा ज्ञापन पत्र बुझाएका हुन ।

मानव अधिकारका लागि एकल महिला समुहले जिल्लाका स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएको जनाएको छ । मानव अधिकारका लागि एकल महिला समुह कञ्चनपुरकी अध्यक्ष जानकी जोशीले एकल महिला सुरक्षा कोष कार्यान्वयनका लागि ज्ञापन पत्र बुझाएको बताईन ।

उनले भीमदत्त, दोधाराचाँदनी, बेदकोट, बेलडाँडी सहितका जिल्लाका पालिकाहरुमा ज्ञापन पत्र बुझाएको बताईन । ज्ञापन पत्र बुझ्दै कञ्चनपुरका स्थानीय सरकार प्रमुख, उपप्रमुख सहितले एकल महिलाका लागि समाजिक सुरक्षा कोष कार्यान्वयनमा प्रतिबद्धता जाहेर गरेका छन ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार