ब्याटमिन्टन खेलाडी विष्ट ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनौट

कञ्चनपुर,
कञ्चनपुरका ब्याटमिन्टन खेलाडी चिरन विष्ट ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनौट भएका छन । महेन्द्रनगर कर्भडहलमा सम्पन्न भएको छनौट प्रतियोगितामा ब्याटमिन्टन खेलाडी विष्ट राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएका हुन ।
विष्ट सुदूरपश्चिम प्रदेशको टिमबाट छनौट भएका छन । दार्चुला र भीमदत्त नगरपालिका ६ ऐठपुर कञ्चनपुर घर भएका ब्याटमिन्टन खेलाडी विष्ट बाल्यअवस्थादेखि नै ब्याटमिन्टन खेल्दै आएका छन । स्वदेश तथा विदेशमा समेत विभिन्न प्रतियोगितामा सहभागि भएका विष्ट पुरस्कार जित्दै आएका छन । विष्ट यस अघि सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत छनौट भएर तेस्रो स्थान हासिल गरेका थिए । उनले सिङगल तथा डलब दुवैतर्फका प्रतियोगितामा खेल्न पाउनेछन । विष्ट राष्ट्रिय खेलकुद प्रतियोगितामा छनौट भएसंगै आवश्यक तयारीमा जुटेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित