कञ्चनपुर,
पत्रकार हरिस नगाल (क्षेत्री)लाई राष्ट्रिय अवार्ड प्रदान गरिएको छ । राष्ट्रिय फोटो पत्रकार समुहले पत्रकार क्षेत्रीलाई राष्ट्रिय अवार्डबाट पुरस्कृत गरेको हो । बिहीबार काठमाण्डौँमा आयोजित राष्ट्रिय फोटो पत्रकार समुहले पत्रकार क्षेत्रीलाई खेलकुद क्षेत्रबाट छनौट गरेको थियो ।
राष्ट्रिय फोटो पत्रकार समुहको २५औँ बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्तममा अर्थमन्त्री जनार्दन शर्मा(प्रभावकर) र युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज(अथक)ले पत्रकार क्षेत्रीलाई अवार्ड हस्तान्तरण गरेका छन ।
बाह्रखरीडटकम अनलाईनमा फोटो पत्रकारका रुपमा कार्यरत पत्रकार क्षेत्रीलाई खेलकुद विद्याका तर्फबाट अवार्ड प्रदान गरिएको छ ।
दार्चुला र कञ्चनपुर घर भएका पत्रकार क्षेत्री झण्डै डेढ दशकदेखि पत्रकारितामा सकृय छन । कञ्चनपुरबाट प्रकासित हुने नयाँ जनक्रान्ति नेपाली दैनिकबाट पत्रकारिता शुरु गरेका उनी हाल राजधानी काठमाण्डौँमा कार्यरत छन । स्थानीयदेखि राष्ट्रियस्तरका संचार माध्यामका कार्यरत पत्रकार क्षेत्रीले अवार्ड प्रदान गरिएसंगै थप हौसला प्रदान गरिएको बताए ।
Discussion about this post